काठमाडौँ – १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)मा नेपाली युवा स्पिनर सन्दीप लामिछाने महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सविरुद्ध टिममा परेका छन् । सन्दीप आवद्ध टिमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


चेन्नईको चिदम्बरम स्टेडियममा सन्दीपको  टिम दिल्ली अंकतालिकाको शीर्ष स्थानमा यथावत रहने उद्देश्यका साथ मैदान उत्रिँदैछ । यसअघि आफ्नै घरेलु मैदानमा पराजय व्यहोरेको दिल्लीलाई बदला लिने अवसर पनि रहेको छ ।


ADVERTISEMENT

# # #


यता पछिल्लो खेलमा मुम्बई इण्डियन्ससंगको पराजयपछि रनरेटका आधारमा दोस्रो स्थानमा रहेको चेन्नई आफ्नो घरेलू मैदानको फाइदा उठाउँदै अंकतालिकाको शीर्ष स्थानमा उक्लिने दाउमा रहेको छ ।