काठमाडौं – नेपाली युवा सन्दीप लामिछाने महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नईविरूद्ध खेल्ने भनिए पनि अन्तिम समयमा उनको नाम प्लेइङ एघारमा परेन।


ADVERTISEMENT


इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत समूह चरणको दोस्रो अन्तिम खेलमा चेन्नईको घरेलु मैदानमा भिड्न लागेको दिल्लीले पत्रकार सम्मेलनमा सन्दीपलाई खेलाउने घोषणा गरेको थियो।
अन्तिममा प्लेइङ ११ सार्वजनिक गर्दा भने उनलाई टिममा समेटिएन। सन्दिपको ठाउँमा क्रिस मोरिसलाई खेलाइएको छ। मोरिस साउथ अफ्रिकाका ‘फास्ट बलर’ हुन्।


ADVERTISEMENT

# # #


सन्दीपले यस सिजन ६ खेलमा ८ विकेट हात पारिसकेका छन्। अघिल्लो खेलमा उनलाई तीन ओभर बलिङ गर्न दिँदा उनी नराम्ररी चुटिएका थिए।

शीर्ष स्थानको दिल्लीको १२ खेलबाट १६ अंक छ। समान अंक भएको चेन्नई नेट रन रेटमा दिल्लीभन्दा पछाडि छ।

चेन्नईका कप्तान महेन्द्रसिंह धोनी मैदानमा फर्किएका छन्। अस्वस्थताका कारण उनी पछिल्लो समय चेन्नईको खेलमा देखिएका थिएनन्।