काठमाडौं – गत जनवरीमा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र टी-२० क्रिकेट सिरिज जित्ने नेपाली खेलाडीलाई सरकारले सम्मान गरेको छ । सरकारले खेलाडीलाई जनही पाँच लाख रुपैयाँ पुरस्कार दिएको हो ।


ADVERTISEMENT


बिहीबार युवा तथा मन्त्रालयमा आयोजित कार्यक्रममा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशव कुमार बिष्टले खेलाडीलाई नगदसहित सम्मानित गरेका छन् ।


ADVERTISEMENT

# # #


नेपालले जनवरीमा युएईविरुद्ध समान ३-३ खेलका एक दिवसीय र टी-२० क्रिकेट सिरिज २-१ ले जितेको थियो । यसअघि नेदरल्याण्डसंग २ खेलको एकदिवसस्य श्रृंखला १-१ को बराबरीमा रोकेको थियो । आफ्नो दोस्रो सिरिजमै नेपालले सिरिज कब्जा गरेको थियो ।

क्रिकेट खेलाडीसंगै राष्ट्रिय फुटबल खेलाडी र शारीरिक सुगठनका महेश महर्जनलाई समेत सम्मान गरिएको थियो ।