वीरगञ्ज – वीरगञ्ज कमर्स क्याम्पसमा कक्षा १२ को परीक्षा दिने विद्यार्थीले बिहीबार प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


कलेजले परीक्षा हलभित्र २० मिनेट ढिलो प्रश्नपत्र दिएको, चेकजाँचको नाममा छात्रालाई दुव्र्यवहार गरेको आरोप लगाउँदै उनीहरु प्रदर्शनमा उत्रिएका थिए । विसीसी कलेज परीक्षा केन्द्रमा अनुभूति कलेज, त्रिजुद्ध मावि, बिद्यापीठ उच्च मावि श्रीपुर र मिनिल्याण्ड स्कुलका विद्यार्थीको परीक्षा केन्द्र परेको छ ।


ADVERTISEMENT

# # #


२० मिनेट अगाडि उत्तरपुस्तिका खोसेको भन्दै विद्यार्थी प्रदर्शनमा उत्रिए पनि सम्झाएर पठाइएको जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत डिएसपी मानबहादुर राईले जानकारी दिए । ‘प्राविधिक कारणले ५ मिनेट ढिला कपी वितरण भएको हो ।

सोही अनुसार ५ मिनेट पछि कपी लिएको भन्ने रिपोर्ट छ’ उनले भने ‘तर विद्यार्थीले २० मिनेट अगाडी नै कपी खोसेको भन्दै असन्तुष्टि जनाएर प्रदर्शनमा उत्रिए । हामीले सम्झाई बुझाई गरेर घर पठाएका छौं ।’

परीक्षामा अमर्यादित गतिविधि गरको आरोपमा विसीसी कलेजका केन्द्राअध्यक्ष सुशील भट्टराईलाई केन्द्राध्यक्षबाट हटाइएको थियो । त्यसपछि नगवा स्कुलका प्रधानाध्यापक घनश्याम मिश्रलाई केन्द्राध्यक्ष बनाइएको छ ।