काठमाडौं– रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको पनि साधारण सेयर बाँडफाँड गरिएको छ । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको उपस्थितिमा बिहिबार सिंहदरबारमा एक कार्यक्रमका बीच दुवै जलविद्युत आयोजनाको सेयर बाँडफाँड गरिएको हो । जनताको जलविद्युत आयोजना कार्यक्रम अन्तरगत खुलाइएको रसुवागढीको सेयरमा सर्वसाधारणले ५० कित्तासम्म सेयर पाउनु भएको छ भने सान्जेनको २० कित्ता भागबण्डामा परेको छ ।


ADVERTISEMENT


गत बैशाख ६ गते आवेदन खुला गरिएकोमा रसुवागढीका लागि ३ लाख २ हजार ३४३ जना आवेदकबाट १ करोड ७१ लाख ७ हजार ८ सय ४० कित्ताको लागि आवेदन परेको थियो । उर्जामन्त्री पुनले सो सेयरमा परेको आवेदनबाट जनता जलविद्युतमा लगानी गर्न उत्साही भएको पाइएको पनि स्पष्ट पारे । उनले दुर दराजमा रहेका जनतालाई पनि सो कार्यक्रममा सहभागी गराउन प्रयास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।


ADVERTISEMENT

# # #


रसुवागढी जलविद्युत आयोजना रसुवाको गोसाईकुण्ड गाउँपालिकामा निर्माणाधिन अवस्थामा रहेको छ । १ सय ११ मेघावाट क्षमताको सो आयोजनाको कूल अनुमानित लागत १६ अरव ७८ करोड रहेको छ । त्यसै गरी सान्जेन पनि रसुवा जिल्लामै पर्ने ४२ मेघावाट क्षमताको जलविद्युत आयोजना हो ।