काठमाडौँ – आईसीसी टी-२० वरीयतामा नेपाल तीन स्थान माथि उक्लिएको छ । आईसीसीले शुक्रबार जारी गरेको वरीयतामा नेपालले टेष्ट खेल्ने राष्ट्र जिम्बाब्बेलाई समेत पछि पार्दै ११ औं स्थानमा उक्लिएको हो । यस्तै नेपाल एशोसियट राष्ट्रको शीर्ष स्थानमा रहेको छ ।


ADVERTISEMENT


गत महिनासम्मको वरीयतामा नेपाल १४ औं स्थानमा रहेको थियो । ११ औं स्थानमा रहेको नेपालको २१२ अंकसहित ११ औं स्थानमा रहेको छ । यूएई सिरिज २-१ ले जितेपछि नेपालको टी-२० वरियतामा सुधार भएको हो । नेपालभन्दा एक स्थान माथि रहेको बंगलादेश २२० अंकसहित दशौं स्थानमा छ ।


ADVERTISEMENT

# # #


टी-२० को शीर्ष स्थानमा पाकिस्तान रहेको छ । उसको २८६ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाको २६२ अंक छ भने समान २६१ अंक रहेको इंग्ल्याण्ड र अस्ट्रेलिया क्रमश तेस्रो र चौथो स्थानमा छन् ।

पाँचौं स्थानमा रहेको भारतको २६० अंक रहेको छ भने न्यूजिल्याण्ड छैटौं, अफगानिस्तान सातौं स्थानमा रहँदा श्रीलंका र वेस्टइन्डिज आठौं र नवौं स्थानमा छन् ।