एजेन्सी – पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद आफ्रीदी र पूर्वभारतीय क्रिकेट गौतम गम्भीरबीच यतिबेला जुहारी चलिरहेको छ । गम्भीरको उपचिार गर्ने जवाफमाथि अफ्रिदीले काउन्टर गरेका छन् ।


ADVERTISEMENT


उनले गम्भीरलाई मानसिक समस्या रहेको आरोप लगाएका छन् । यदि गम्भीरले चाहेमा आफू अस्पताल लगेर उनलाई उपचार गर्न तयार रहेको बताएका छन् ।


ADVERTISEMENT

# # #


अफ्रदीले भनेका छन्, ‘यदि उनलाई भिसाको समस्या छ भने म उनका लागि छिट्टै भिसा मिल्ने व्यवस्था गरिदिन्छु ।’ अफ्रिदीले यो आफ्नो आत्मकथा गेम चेन्जरको विमोचनका अवसरमा बताएका छन् ।

आत्मकथामा आफ्रिदीले गौतमको बानीका आफूलाई मन नपर्ने उल्लेख गरेका छन् । साथै, गौतमको कुनै व्यक्तित्व नभएको र उनको नाममा क्रिकेट दुनियाँका खास किर्तिमान पनि नभएको आफ्नो पुस्तकमा उनले लेखेका छन् ।

यसको जवाफ दिँदै गम्भीरले अफ्रिदीलाई ‘मनोचिकित्सक’ कहाँ लैजानुपर्ने बताएका थिए । अफ्रिदीले उनको यही जवाफलाई काउन्टर दिएका हुन् ।

यी दुई खेलाडीको विवाद अहिले छताछुल्ल भएको छ । यी दुईको दुश्मनीको सुरुवात सन् २००७ मा भएको थियो । त्यसवर्ष भारतको कानपुरमा भएको द्वीपक्षीय एकदिवसीय श्रृंखलामा यी दुईबचि वादविवाद भएको थियो ।

यसअघि वास्तविक उमेर औपचारिक दस्तावेजमा भएको भन्दा पाँच वर्ष बढी भएको खुलासा गरेपछि उनको चर्चा भइरहेको थियो । जब उनले आफ्नो डेब्यु खेलमा शतक प्रहार गरेका थिए, १६ वर्ष नभई २१ वर्षका थिए ।

तर, डेब्यु खेलमै शतक प्रहार गर्ने सबैभन्दा कान्छो खेलाडी मानिने उनको त्यस रेकर्डमा उमेर १६ मानिँदै आइएको छ ।