काठमाडौँ – एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र थप नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैँकले काठमाडौं महानगरपालिका वडा नं २६, गंगबुमा नयाँ शाखा खोलेको हो ।


ADVERTISEMENT


उक्त शाखाको सोहि वडाका वडा अध्यक्ष ख्याम राज तिवारीले आइतबार उद्घाटन गरेका छन् ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।