काठमाडौँ– आगामी भदौ २३ गतेबाट रिलिज हुने फिल्म ‘२ रुपैयाँ’को गीत ‘कुटुमा कुटुु’ युट्युबमा करोड बढी हेरिएको छ। राजधानीमा सोमबार फिल्म युनिटले केक काटेर खुशी साटासाट गरेको छ।


ADVERTISEMENT


फिल्मका निर्देशक असिम शाहले आम दर्शकले गीतलाई रुचाएकाले पनि फिल्मलाई अझ राम्रो गरी दर्शकमाझ प्रस्तुत गर्नु अर्को चुनौती रहेको बताए।


ADVERTISEMENT

# # #


नायिका स्वस्तिमा खड्का र नायक आसिफ शाहले गीतको छायांकनमा गरिएको मेहनतलाई दर्शकले स्वीकारेकोमा धन्यवाद दिए। गीतमा निश्चल बस्नेत र बुद्धि तामाङले पनि नृत्य गरेका छन्।

राजनराज शिवाकोटीको शब्द, संगीतमा बनेको यो गीतमा मेलिना राई र राजन इशान र राजन स्वयम्ले स्वर दिएका छन्।

यो गीतको सिर्जना आफैमा रोचक छ। राजनले यो गीत दोलखामा लेखेका हुन्। ‘मैले पाँच वर्ष अघि नै यो गीत तयार पारेको थिएँ। यो गीत लेख्नैका लागि तीनपटक दोलखा गएँ। घरदेखि माथि रहेको जंगलमा बसेर गीत लेखेको थिएँ,’ राजनले भने, ‘मलाई शान्त स्थानमा गीत लेख्न मनपर्छ। यो गीत पहिले नै लेखेको थिएँ। गीतको शब्द र लय मितज्यू (राजन इशान)लाई सुनाएपछि उहाँ पनि खुशी हुनुभयो। यो गीत ‘२ रुपैंयाँ’का लागि नै जुरेको रहेछ।’