काठमाडौं – सावित्रा भण्डारीले सेथु क्लबबाट भारतमा जारी इन्डियन महिला फुटबल लिग अन्तर्गत पहिलो खेलमा ह्याट्रिकसहित चार गोल गरेकी छिन् ।


ADVERTISEMENT


सावित्राले लिग अन्तर्गत गुरु नानक रंगशालामा सेथु एफसीबाट मनिपुर पुलिस स्पोर्टस् क्लबविरुद्ध पहिलो हाफमै चार गोल गरेकी हुन् । सावित्राले खेलको २९ सेकेन्डमै गोल गर्दै सेथु एफसीलाई अग्रता दिलाएकी थिइन् । सावित्राको यो गोल टाइमिङ जारी इन्डियन महिला फुटबल लिगको सबैभन्दा छिटो गोल हो ।


ADVERTISEMENT

# # #


खेलको १६औं मिनेटमा अर्को गोल थप्दै सावित्राले ब्यक्तिगत दोस्रो गोल गरिन् । खेलको ३४औं मिनेटमा सावित्राले अर्को गोल थप्दै ह्याट्रिक पूरा गरिन् । त्यस्तै, पहिलो हाफको अन्तिम समयमा अर्को गोल थप्दै सावित्राले चार गोल गरिन् । तर, खेलको दोस्रो हाफमा उनको नाममा कुनै गोल भने हुन सकेन ।

सेथु एफसीले मनिपुर पुलिस स्पोर्टस् क्लबलाई ६-४ गोल अन्तरले पराजित गरेको छ ।