सिरहा – सिरहाको माडर सीमाक्षेत्रबाट तेस्रो मुलुकबाट आयात चार सय ४७ बोरा हरा मटर प्रहरीले आज बरामद गरिएको छ ।


ADVERTISEMENT


सीमाक्षेत्रमा घर भाडा लिएर आठ महिनादेखि भारतीय नागरिक र नेपालका केही तस्कर मिलेर नेपालबाट भारत मटर पुर्याउँने गर्दै आएको छ । भारत पुर्याउँन तयारीमा रहेको अवस्थामा नेपाल प्रहरीको डिआईजी हरिबहादुर पालका टोलीले सो हरा मटर बरामद गरिएको छ ।


ADVERTISEMENT

# # #


बरामद गरिएको मटर माडर भन्सारमा बुझाएको छ भने दूई मध्ये एक गोदाम खालि गरिसकेको छ । अर्का एक गोदाममा ४ सय ४७ बोरा मात्रै मटर भारत लैजाने तयारीमा रहँदा प्रहरीले नियन्त्रणमा लिएको छ ।

भाडा लिएको घरदेखि २ सय मिटर दुरीमा नेपाल भारतको सीमा रहेको छ । त्यस सिमामा सशस्त्र प्रहरीको मात्र ड्युटी रहेको छ । ‘तस्करहरुलाई संरक्षणको रुपमा सशस्त्र प्रहरीले नै आफ्नै अगाडिबाट मटर निकासी गराउँने काम भइरहेको छ’ स्थानीयहरु भन्छन् । प्रहरीकै मिलोमतोमा राती १२ देखि ३ बजेसम्म सो मटर पिकअप गाडीले भारत निकासी हुने गरेको स्थानीयहरु बताउँछन् ।

बरामद गरिएको मटरको मूल्य करिब १० लाख रहेको छ भने एक क्वाँटलमा १८ सय नेपाली रुपैयाँ मुनाफा हुने गरेको छ भने बरामद गरिएको मटरमा करिब ४ लाख मुनाफा हुने रहेको छ ।

उक्त बरामद गरिएको मटर साक्षी इन्टरप्राइजेज लहान ८ को नाममा ८६ हजार १ सय र साक्षीकै नाममा २ लाख ४६ हजारको बैशाख २२ गतेको एउटै मितिमा दूई पटक वील काटिएको छ ।

यस्तै रुँगटा प्रोसेसिँग इण्डट्रीज निपनीमाल ८ (परवानीपुर वारा) नाममा ३ लाख ९५ हजार २ सय ५० रुपैयाँको वील बैशाख २१ गतेको मितिमा काटिएको छ । उक्त खरिद गरिएको बील सुमन ट्रेड सेन्टर माडर सिरहा १६ को नाममा बील काटिएको हो । खरिद गरिएको मटर खुद्रा विक्री मात्र गर्न पाउँने प्रावधान रहेको छ । तर, तेस्रो मुलुकको मालसमान नेपालबाट प्रहरीकै मिलोमतोमा सहज रुपमा तस्करी हुँदै आएको छ ।

डिआईजी पालका टोलीले सिरहा १६ माडरको नाममा खरिद बील रहेकोमा सिरहा १७ माडरबाट अवैद्य रुपमा रहेको मटर बरामद गरिएको छ । जहाँ वाणिज्य दर्ता प्रमाणपत्रमा सुमन ट्रेड सेन्टरको कारोबार तीन लाखसम्म मात्र उल्लेख छ । डिआईजी पालको टोलीले पहिलो चोटी यत्ती धेरै परिमाणको मटर बरामद गरिएको छ ।

यसैबीच बरामद गरिरहेको अवस्थाको पत्रकारहरुले फोटो लिन खोज्दा नेपाल प्रहरीका असई रामबाबु यादवले रोक लगाएका थिए ।