तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।


ADVERTISEMENT


काठमाडौँबाट पोखरा जाँदै गरेको बा२ख ५०३९ नंको माइक्रोको ठक्करबाट घाइते भएका बन्दीपुर गाउँपालिका–५ याम्पाका ८२ वर्षीय ठूले थापामगरको उपचारको क्रममा गए राति काठमाडौँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


ADVERTISEMENT

# # #


सोमबार बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा माइक्रोको ठक्करबाट सडकछेउ हिँडिरहेका मगर घाइते भएका थिए ।

टाउको र शरीरको विभिन्न भागमा चोट लागेका मगरलाई स्थानीय मेडिकलमा उपचारपश्चात् थप उपचारको लागि काठमाडौँस्थित सीतापाइला अस्पताल पठाइएको थियो ।

ठक्कर दिने माइक्रोबसका चालक र माइक्रोबस प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।