काठमाडौ– नेपाली कांग्रेसले बुधबारबाट ७७ वटै जिल्लामा सुरू गरेको राष्ट्रिय जागरण अभियानको सभापति शेरबहादुर देउवाले काठमाडौमा उद्घाटन ।


ADVERTISEMENT


वैशाख २५ देखि जेठ २५ गते एक महिनासम्म सञ्चालन हुने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ ।


ADVERTISEMENT

# # #


राष्ट्रिय सभागृहमा पूर्व निर्धारित समयभन्दा केही ढिलो सुरू भएको कार्यक्रमलाई सभापति देउवा, पूर्व महामन्त्री प्रकाशमान सिंह, पूर्वमन्त्री नरहिर आचार्य, नेता बालकृष्ण खाँड, युवा नेता गगन थापा, नेत्री डाः डिला संग्रौलालगायतले सम्बोधन गर्ने जानकारी काठमाडौं कांग्रेसले दिएको छ ।

करिब ६ महिनासम्म चेल्ने अभियानलाई तीन चरणमा बाँडिएको छ । आजदेखि जेठ २५ गतेसम्म एक महिना पहिलो चरण अन्तर्गत ७७ जिल्लामा जागरणका कार्यक्रम हुनेछ । त्यसैगरी दोस्रो चरणको कार्यक्रम भदौं २३ गतेदेखि असोज ७ गतेसम्म ३ सय ३० वटै निर्वाचन क्षेत्रमा सञ्चालन हुनेछ भने तेस्रो चरणको कार्यक्रम पुसको दोस्रो साता सबै पालिकामा हुने पनि काँग्रेसले जनाएको छ ।

कसलाई कहाँ खटाइयो ?

सभापति देउवा प्रदेश नम्बर ३ अन्तर्गत काठमाडौंको कार्यक्रममा, वरिष्ठ नेता रामचन्द्र पौडेल प्रदेश नम्बर २ को धनुषामा, उपसभापति विजयकुमार गच्छदार प्रदेश नम्बर १ विराटनगरमा, महामन्त्री पूर्णबहादुर खड्का गण्डकी प्रदेशको पोखरामा, अर्का महामन्त्री शशांक कोइराला प्रदेश नम्बर ५ को रुपन्देहीमा, कोषाध्यक्ष सीतादेवी यादव कर्णाली प्रदेशको सुर्खेतमा र उपसभापति विमलेन्द्र निधि सुदुरपश्चिम प्रदेशको धनगढीमा हुने कार्यक्रममा खटिएका छन्।