एक अध्ययनमा पाइएको छ कि विश्वका लाखौँ मानिस आफ्ना संवेदनशील खाताका लागि सजिलै सम्झिन सकिने खालका पासवर्ड राख्ने गर्छन् । बेलायतको नेशनल साइबर सिक्युरिटी सेन्टर (एनसीएससी)ले ह्याक भएका अधिकांश खाताका पासवर्ड १२३४५६ राखिएको पत्ता लगाएको छ ।


ADVERTISEMENT


यस अध्ययनले साइबर ज्ञानको कमीलाई अघि सारेको छ, जसबाट खतरा पैदा हुनसक्छ । एनसीएससीले भनेको छ, ‘बलियो पासवर्ड राख्नका लागि मानिसलाई सजिलै सम्झिन सकिने तीन अक्षरलाई जोडेर प्रयोग गर्नुपर्छ ।’


ADVERTISEMENT

# # #


आफ्नो पहिलो साइबर सर्वेमा एनसीएससीले भनेको छ कि ह्याक गरिएका खाताको व्यापक विश्लेषण गरिएको थियो । जसमा विशेषगरी कुन शब्द, वाक्य वा अंक प्रयोग गरिएको छ भन्ने खोजिएको थियो ।
जसबाट १२३४५६ पासवर्ड राख्नेको संख्या सर्वाधिक रहेको पाइएको थियो । लगभग २ करोड ३० लाखभन्दा पनि बढीयो यो पासवर्ड प्रयोग गरेका थिए ।

यस्तै दोस्रो सबैभन्दा लोकप्रिय पासवर्ड १२३४५६७८९ थियो । यस्तै शीर्ष पाँचमा ‘qwerty’, ‘password’ र ‘1111111’ पनि आउँछन् ।

यस्तै पासवर्डमा सब अस्ले, माइकल, डेनियल, जेसिका र चार्ली जस्ता नाम अत्याधिक प्रयोग गरिएका थिए । प्रिमियर लीग फुटबल टिमको नाममा पासवर्ड राख्नेहरुको कुरा गर्दा लिभरपूलको नाम सबैभन्दा बढी प्रयोग गरिएको पाइयो । चेल्सी दोस्रो नम्बरमा थियो ।

संगीतसंग सम्बन्धित पासवर्डको कुरा गर्दा ‘ब्लिंक–१८२’ शीर्ष स्थानमा रहेको छ । एनसीएससीका टेक्निकल डायरेक्टर डा. इयान लेवीका अनुसार जो सैभन्दा कमजोर पासवर्ड प्रयोग गर्छन्, उनीहरु ह्याकरको लागि सजिलै निशानामा पर्छन् ।

उनी बताउँछन्, ‘कसैले पनि आफ्नो डाटालाई सुरक्षित राख्नका लागि सजिलो पासवर्ड राख्नु हुँदैन । जस्तैः आफ्ै नामको पहिलो शब्द, स्थानीय खेलकुद टिम वा संगीत ब्याण्डबाट राखिएका पासवर्ड सुरक्षित मानिँदैनन् ।’

यस सर्वेमा एनसीएससीले सुरक्षाका लागि मानिसप्रति प्रश्न उठाएको छ । ह्याक गरिएका खाताको रेखदेख गर्ने सुरक्षा विशेषज्ञको सुझाव छ कि अनलाइन सिक्युरिटीको एक मात्र उपाय भनेको बलियो पासवर्ड राख्नु हो । त्यसैले आफ्नो पासवर्डलाई पनि बलियो बनाउनुहोस् ।