काठमाडौँ, ४ साउन । पूर्वराजा ज्ञानेन्द्र शाह स्वास्थ्य उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका छन् ।


ADVERTISEMENT


नियमित चेकजाँचका क्रममा मुटुमा समस्या देखिएपछि उपचारका लागि पूर्वराजा शाह आज बिहान अस्पताल पुगेको उनका स्वकीय सचिव फणिराज पाठकले बताए ।


ADVERTISEMENT

# # #


प्राडा यादव भट्ट नेतृत्वको चिकित्सक टोलीले पूर्वराजा शाहको उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ । रासस