काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । संविधान संशोधन, सरकार विस्तार र २ नम्बर प्रदेशको स्थानीय निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।


ADVERTISEMENT


प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तारको तयारी गरिरहेका वेला नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल सुरु भएको हो ।


ADVERTISEMENT

# # #


बैठकमा राजपाले भन्दै आएको संविधान संशोधनमा सत्तापक्षले गरेको पहलका बारेमा जानकारी गराउनुका साथै उसलाई स्थानीय तहको निर्वाचनमा सहभागि बन्न आव्हान गर्नुका साथै सरकारमा समेत सहभागि बन्न आग्रह गरिने बताइएको छ ।

बैठकमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, सिता देवी यादव, विमलेन्द्र निधी, शशांक कोइरालालगायतका शीर्ष नेता सहभागि छन् भने माओवादीका तर्फबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ लगायतका नेता सहभागि छन् ।

त्यस्तै राजपाका तर्फबाट महन्त ठाकुर, अनिल झालगायतका नेता बैठकमा सहभागि भएका छन् ।