बुटवल – नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले वर्तमान एकपछि अर्को गर्दे काण्डैकाण्डमा मुछिएको बताएका छन् । दुईतिहाईको सरकारले राम्रो काम गर्नुको सट्टा एकपछि अर्को काण्डमा फस्नु जनताको लागि दुग्भार्यपूर्ण भएको बताए ।


ADVERTISEMENT


उनले सरकारले गरेका बदमासी कामहरुको अन्त्य गर्ने अभियानमा कांग्रेस लागेको बताए । निर्मला हत्या काण्ड, बुढीगण्डकी काण्ड, एनसेल काण्ड, वाईडबडी काण्ड लगायतका धेरै काण्डमा सरकार मुछिएकाले यसको पर्दाफास कांग्रेसले गर्नुपर्ने आवश्यकता रहेको बताए ।


ADVERTISEMENT

# # #


उनले सरकारले जनतालाई झुटो आश्वासन मात्र बाँडिरहेको आरोप लगाए । विगतका दिनहरुका नेपाली कांग्रेसको नेतृत्वको सरकारले गरेका कामहरु पनि आफूले गरेको भन्दै वर्तमान सरकारले अफवाह मात्र फैलाएको उनको दावी छ ।

नेपाली कांग्रेसले बुधबारदेखि ७७ वटै जिल्लामा एकैपटक ‘हिमाल–पहाड, तराई –मधेश नेपाली कांग्रेस’ भन्ने नाराका साथ सुरु गरेको राष्ट्रिय जागरण अभियानको क्रममा रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै महामन्त्री कोइरालाले विगतमा भएका धेरै विकासका कामहरु आफ्नो पार्टीको नेतृत्वमा भएको दावी गरे ।

‘नेपाली सेनालाई सरकारले आफ्नो कब्जामा लिन खोजिरहेको छ । प्रधानमन्त्रीले सम्पूर्ण अधिकार आफ्नो हातमा लिन खोजेका छन्,’ उनले भने, ‘सञ्चारमाध्यम र न्यायपालिका स्वतन्त्र हुनुपर्ने र स्वतन्त्रतामाथि हस्तक्षेप हुनुहुन हुँदैन् ।’

डा. कोइरालाले एकताबद्ध भएर अगाडी बढे नेपाली कांग्रेसलाई कसैले पनि हराउन नसक्ने दावी गरे । सबैभन्दा लामो इतिहास बोकेको नेपाली कांग्रेस आगामी निर्वाचनमा पहिलो पार्टीको रुपमा स्थापित हुने र त्यसको जिम्मेवारी सम्पूर्ण नेता कार्यकर्ताको काँधमा आएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले रुपन्देही जिल्ला र यहाँका जनता भाग्यमानी भएको र जनतालाई सुखी र समृद्धितर्फ लैजान कांग्रेसले कहिल्यै साथ नछाड्ने बताए ।

अहिलेको सरकारले देश र जनतालाई समृद्ध बनाउनुको सट्टा आफू मात्रै समृद्ध बन्दै गएको र यो सरकार ईतिहासमै कमजोर सरकारको रुपमा रहेको साबित हुने रज्जाकले बताए ।

कार्यक्रममा प्रदेश नम्बर ५ सार्वजनिक लेखा समितिका सभापति डिल्ली बहादुर चौधरीले पार्टीले हारे पनि प्रजातन्त्रले जितेको बताए । उनले निर्मला पन्तको हत्यारालाई सरकारले नै संरक्षण गरेको आरोप लगाए ।