काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेड र त्रिपुरेश्वरस्थित ब्लुक्रस हस्पिटलबीच सम्झौता भएको छ ।


ADVERTISEMENT


बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवगलाई ब्लुक्रस हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्नेगरी उक्त सम्झौता भएको हो ।


ADVERTISEMENT

# # #


सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलको तर्फबाट ब्लुक्रस हस्पिटल प्रा.लि.का बोर्र्ड सेक्रेटरी रजत कृष्ण श्रेष्ठज्यूले हस्ताक्षर गरे ।

बैंकले मुलुकभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।