काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपीएल)को इलिमिनेटरमा सनराइजर्स हैदरावादविरुद्ध नेपाली युवा स्पिनर सन्दीप लामिछाने टिममा पर्नै सकेनन् ।


ADVERTISEMENT


सन्दीपको टिम दिल्ली क्यापिटल्सले टस जितेर बलिङ रोजेको छ । पछिल्ला खेलमा नराम्रो प्रदर्शन गरेपछि सन्दीप लगातार बेन्चमै सीमित भएका हुन् । जारी सिजनमा उनले ६ खेलमा ८ विकेट लिएका छन् ।


ADVERTISEMENT

# # #


दिल्लीले ७ वर्षपछि प्लेअफ खेल्दैछ । आईपीएल इतिहासमा दिल्लीलाई यो मौका ६ सिजनपछि मिलेको हो । दिल्लीले अन्तिमपटक सन् २०१२को आइपीएलमा प्लेअफको यात्रा तय गरेको थियो । त्यसकारण दिल्ली यस अवसरलाई पूर्ण रुपमा सदुपयोग गर्न चाहन्छ ।

एलिमिनेटर खेलमा जितछ हासिल गर्ने टिम सिधै फाइनलमा पुग्ने छैन । फइनलमा पुग्नका लागि उसले क्वालिफायर्स(२ मा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सिपर किङ्गसंग प्रतिस्पर्धा गर्नु पर्नेछ । मंगलवार क्वालिफायर–१ मा मुम्बई इन्डियन्सले चेन्नईलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

मुम्बई र चेन्नईसंग समान अंक हुँदा पनि रनरेटका आधारमा दिल्ली तेस्रो स्थानमा रहेको थियो । दिल्लीले अहिलेसम्म खेलेका १४ खेलमा ९ जित हात पारेको छ भने हैदरावादले समान खेलमा ६ खेलमात्रै जितेको छ ।