काठमाडौं–  नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजीपी) धीरु बस्न्यात मानार्थ डानबाट सम्मानित भएका छन् । नेपालमा तेक्वान्दो खेलको विकास, प्रवद्र्धनमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै कोरियाले एआईजीपी बस्न्यातलाई सम्मान गरेको हो ।


ADVERTISEMENT


नेपालका लागि कोरियाली राजदूत पार्क योङ सिकले एआईजीपी बस्न्यातलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित एक समारोहकाबीच मानार्थ डनको प्रमाणपत्रद्वारा सम्मान तथा तेक्वान्दो खेल सामाग्री हस्तान्तरण गरेका हुन् ।कार्यक्रममा राजदूत सिकले तेक्वान्दो खेलका लागि पुर्याएको भूमिकाको उच्च मुल्यांकन गर्दै एआईजीपी बस्न्यातलाई मानार्थ डानको उपाधिसहित सम्मानित गरिएको जानकारी दिए । उनले नेपालमा तेक्वान्दो खेलको विकास राम्रोसंग भईरहेको भन्दै यही खेलको माध्यमबाट समेत नेपाल र कोरियाको सम्बन्ध झन नजिक बनिरहेको उल्लेख गरे । एआईजीपी बस्न्यात एक कुशल, अनुभवी, क्षमतावान र निष्ठावान प्रहरी अफिसर भएको बताउँदै राजदूत सिकले मानार्थ डानले सम्मान गर्न पाउँदा आँफू र कोरिया सरकारलाई खुसी लागेको समेत बताए ।


ADVERTISEMENT

# # #


एआईजीपी बस्न्यातले पाएको सम्मानलाई देश, जनता र सिँगो प्रहरी सँगठनको हित र प्रतिष्ठाका लागि लगाउने बताए । नेपाल र कोरियाकाबीच विभिन्न आयामहरुमा लामो समयदेखि हार्दिकतापूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै एआईजीपी बस्न्यातले नेपालमा तेक्वान्दो खेलको प्रवर्द्धनका लागि कोरिया सरकारले गरिरहेको सहयोगको चर्चा गरे ।

कोरिया सरकारले यसअघि सोही उपाधिले पूर्वराष्ट्रपति रामवरण यादवलाई सम्मान गरेको थियो । सो पछि मानार्थ डान पाउनेमा एआईजीपी बस्न्यात दोश्रो नेपाली बन्न पुगेका छन् ।