काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायर्समा चेन्नई सुपर किङ्गसविरुद्ध नेपाली युवा स्पिनर सन्दीप लामिछाने टिममा पर्न सकेनन् । उनी आज पनि बेन्चमै सीमित भएका छन् ।


ADVERTISEMENT


पछिल्ला खेलमा नराम्रो प्रदर्शन गरेपछि सन्दीप लगातार बेन्चमै सीमित भएका हुन् । जारी सिजनमा उनले ६ खेलमा ८ विकेट लिएका छन् । सन्दीपको टिम दिल्ली क्यापिटल्सले टस हारेर पहिले ब्याटिङ गर्दैछ ।


ADVERTISEMENT

# # #


आजको विजेता प्रतियोगिताको फाइनल प्रवेश गर्ने भएकोले महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई र युवा कप्तान श्रेयस ऐयरको नेतृत्वमा रहेको दिल्ली ‘गर या मर’को स्थितिमा छन् । दिल्ली विशाखा पटनमस्थित वाइएसआर एसीए भीडीसीए क्रिकेट मैदानमा चेन्नईविरुद्ध जित जित हासिल गर्दै पहिलो पटक आइपीएलको फाइनलमा प्रवेश गर्ने दाउमा रहेको छ ।

उसले एलिमिनेटरमा बुधवार सनराइजर्स हैदराबादलाई २ विकेटले हराएको थियो । आईपीएलको १२ वर्षको इतिहासमा दिल्लीको प्लेअफमा यो पहिलो जित थियो । समूह चरणमा पनि उत्कृष्ट खेल पस्किँदै आएको दिल्ली आफ्नो लयलाई निरन्तरता दिन चाहन्छ ।

यता तीन पटकको च्याम्पियन चेन्नई पनि कम छैन । यसअघि आइपीएलको ९ वटा संस्करणमा सहभागी भएको चेन्नईले ७ पटक फाइनलमा स्थान बनाएको छ । क्याप्टेन कुलले परिचित धोनीको कप्तानीमा रहेको चेन्नईको नजर आठौँ पटक आइपीएलको फाइनलमा स्थान बनाउनु रहेको छ ।

दिल्लीले यसअघि अन्तिमपटक २०१२ मा प्लेअफ खेलेको थियो । एमए चिदम्बरम स्टेडियममा भएको खेलमा चेन्नईसंगै पराजित भएको थियो । ७ वर्षपछि प्लेअफको यात्रा तय गरेको दिल्लीका लागि बदलाको अवसर रहेको छ । विशाखापटनममा भने उनीहरु पहिलो पटक एक आपसमा भिड्न लागेका हुन् ।