काठमाडौं – नेकपाका सांसद सुरेन्द्र पाण्डेले डा. बाबुराम भट्टराईमा फ्रस्टेसन देखिएको बताएका छन् । संसदमा पूर्वबजेट छलफलमा पाण्डेले पूर्व कम्युनिस्ट भट्टराईले बजेटका सिद्धान्त र प्राथमिकतामाथिका टिप्पणी सान्दर्भिकता नभएको भन्दै प्रतिवाद गरेका हुन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद पाण्डेले यस्तो बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई लगत्तै आफ्नो धारणा राख्न रोस्टम पुगेका सांसद पाण्डेले डाक्टर भट्टराईमा स्पष्ट फ्रस्टेसन देखिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


सन् १९८० को दशकको प्रसंग उल्लेख गर्दै उनले भट्टराईको टिप्पणी सोही किसिमको फ्रस्टेसन जस्तै भएको तर्क गरे । उनले भने, “१९८० को दशकमा पूर्व कम्युनिष्टहरु क्रान्ति गर्न नसक्दा निरास नागरिकले नयाँ आधुनिकतावादको कुरा गर्न थालेर कम्युनिष्ट आन्दोलनको प्रवाह रोकियो । सोबेला कम्युनिष्टबाट निराश भएको देखिन्थ्यो ।”

यसैगरी राइटिस्टले पनि यसरी नै विरक्तिएको र अहिले बाबुराम भट्टराई पनि विरक्तिएको टिप्पणी उनले गरे । आधा निन्द्रामा लेखिएको भन्ने डाक्टर भट्टराईको टिप्पणी सान्र्दभिक नभएको दाबी पनि सांसद पाण्डेले गरे । उनले बजेटका सिद्धान्त र प्राथमिकताको समर्थन गर्दै उत्पादनवृद्धि, रोजगारीमा वृद्धि, निर्यात बढाउने कुरा गर्दै गर्दा क्षेत्रगत वस्तु उत्पादनको प्राथमिकतालाई विशेष ध्यान दिनुपर्ने दाबी गरे । अन्तरप्रदेशको समन्वय गर्ने गरि स्पष्ट ढंगले कानुन बनाउनुको साथै सार्वजनिक खरिद ऐनका केही आधारभूत प्रावधानलाई परिर्वतन गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।