काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण मिति २०७६ वैशाख ३० गते सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेका छन् ।


ADVERTISEMENT


बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १४८ प्रतिशत (रु. १ अर्ब ९२ करोड) ले वृद्धि गरी रु.३ अर्ब २२ करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १४५ प्रतिशत (रु. १ अर्ब ३५ करोड) को वृद्धि सहित रु. २ अर्ब २७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा रु. ९३ करोड रहेको थियो ।


ADVERTISEMENT

# # #


बैंकले यस आर्थिक वर्षमा ३३.५ प्रतिशत (रु. ५७ अर्ब २४ करोड) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ५० प्रतिशत (रु. ७५ अर्ब ८१ करोड) को वृद्धि गरी वासलातको आकार रु. २२८ अर्ब १९ करोड पु¥याउन सफल भएको छ । जस अन्तर्गत कर्जातर्फ यस आर्थिक वर्षमा २४ प्रतिशत (रु. २९ अर्ब ) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ३७ प्रतिशत (रु. ४० अर्ब ५३ करोड) को वृद्धि गरी रु. १४९ अर्ब ५० करोड र निक्षेप संकलनतर्फ यस आर्थिक वर्षमा १८ प्रतिशत (रु. २६ अर्ब ८७ करोड) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशत (रु. ४४ अर्ब ३७ करोड) को वृद्धि गरी रु. १७८ अर्ब ९ करोड पु¥याउन सफल भएको छ ।

यसरी निक्षेप तथा कर्जामा यस बैंक अन्य सम्पूर्ण वाणिज्य बैंकहरु भन्दा शिर्ष स्थानमा रहेको छ । बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय १२४ प्रतिशतले वृद्धि गरी रु. ३४.७१ तथा स्वपूँजीमा प्रतिफल ९० प्रतिशतले वृद्धि गरी २१.४६ प्रतिशत पु¥याउन सफल भएको छ ।

बैंकले मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

बैँकको तेस्रो त्रैमासिक वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्