खोटाङ– आगलागीमा दुई घर जल्दा खोटाङमा रु नौ लाख ५० हजार बढीको क्षति भएको छ । ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुवास परियार र नरबहादुर परियारको घर जलेको हो ।


ADVERTISEMENT


आइतबार भएको आगलागीमा सुवासको रु छ लाख ८५ हजार र नरबहादुरको रु दुई लाख ६९ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले जानकारी दिए । आगलागीमा घर तथा घरमा रहेका धनमाल जलेर नष्ट भएपछि दुई दलित परिवारको विचल्ली भएको छ ।


ADVERTISEMENT

# # #


आगो नरबहादुरको घरदेखि शुरु भए पनि कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । अचानक लागेको आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए । आगलागीपीडित दलित परिवार अहिले छिमेकीको आश्रयमा बसिरहेका छन् । उनीहरुलाई छिमेकीले खाना तथा बासको व्यवस्था मिलाएका छन् ।