काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले गएको वर्ष आफ्ना निम्ति सुखद रह्यो भन्ने एक जना भेट्टाइदिन अर्थमन्त्रीलाई चुनौती दिएका छन् ।


ADVERTISEMENT


संसदमा भएको प्रि–बजेट छलफलमा भाग लिँदै थापाले ‘राम्रै राम्रो भयो, सरकारले हरेक दिन एक कदम चालेकाले जनतामा खुसीयाली छायो’ भन्ने सरकारको दाबीको खण्डन गरे ।


ADVERTISEMENT

# # #


‘म विनम्रतापूर्वक अर्थमन्त्रीलाई चुनौतीका साथ भन्न चाहन्छु, एक पटक नेपाल घुमौं,’ उनले अघि भने, ‘प्रदेश सरकारदेखि स्थानीय सरकारसम्म, विद्यार्थी, शिक्षक, मजदुर, किसान, उद्यमी व्यवसायी कसैलाई पनि भेटौं, यो वर्ष मेरा निम्ति सुखद वर्ष रह्यो भन्ने एक जना भेटाइदिनुस् ।’

उनले लक्षित राजस्व संकलन नभएको, आन्तरिक राजस्वले चालू खर्च धान्ने अवस्था नरहेको, ९ महिनामा ४० प्रतिशत मात्र पुँजीगत खर्च भएको, भुक्तानी चाप असन्तुलन बढेको बताए।

‘तरलता अभाव दुई तीन महिनामा देखिन थालेको छ। देशभित्रको निजी क्षेत्रको लागत मात्र होइन निराशामा मात्र बढेको छु, थापाले भने, ‘८ प्रतिशतको वृद्धिदर लक्ष्य थियो। ६ दशमलव ८ प्रतिशतमा छौं। कृषिमा काष्ठ सामान प्रयोग, मनसुन र सेवा क्षेत्रमा मार्जिनल वृद्धि छ। तर दिगो छैन। औद्योगिक वृद्धि भएको छैन । यो एक वर्षमा के जादू गर्नुभयो ?’

उनले खतिवडालाई आत्मालोचना गर्न सुझाए । उनले समृद्धिको परिकल्पना हावादारी भएका कारण सरकारको नीति तथा कार्यक्रम बरालिएको र त्यसले बजेटको नीति र सिद्धान्त झन अलमल्लिएको दाबी गरे ।