काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी नवनियुक्त डीआईजी विश्वराज पोखरेललाई दिइएको छ । पोखरेलले आइतबार मात्रै आईजीपी सवेन्द्र खनालबाट डीआईजीको दर्ज्यानी चिन्ह प्राप्त गरेका थिए ।


ADVERTISEMENT


गृह मन्त्रालयले केही दिनअघि पोखरेललाई एसएसपीबाट डीआईजी पदमा बढुवा सिफारिस गरेको थियो । पोखरेलले आइतबारदेखि नै प्रवक्ता जिम्मेवारी सम्हालेको बताइएको छ ।


ADVERTISEMENT

# # #


बढुवा हुनुअघि पोखरेल लागू औषध नियन्त्रण ब्यूरोमा कार्यरत थिए ।