काठमाडौं – १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लोगो र मस्कट सार्वजनिक गरिएको छ । युवा तथा खेलकुद मन्त्रालमा एक कार्यक्रमको आयोजना गर्दै लोगो र मस्कट सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT


कलाकार भोलानाथ पौडेलले तयार पारेको सो लोगोमा राखिएको परेवाको आकृति र त्यसमा प्रयुक्त रंगले शान्तिलाई दर्शाउँदछ भने त्यसको पृष्ठभूमिमा राखिएको सोही रंगको रेखाले हाम्रो देशलाई प्रतिनिधित्व गराउने निश्चल हिमाललाई झल्काउँदछ । लोगोमा सार्क राष्ट्रहरुको प्रतिनिधित्व गराउन प्वाँखको सात आकृति समावेश गरिएको छ ।


ADVERTISEMENT

# # #


प्रतियोगिताको कामलाई तीव्रता दिने गरी लोगो सार्वजनिक गरिएको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले जानकारी दिए । साग खेलकुद सन् २०१९ को डिसेम्बर १ देखि १० सम्म नेपालमा आयोजना हुँदैछ ।