झापा सरकारले तोकेको ज्याला पाउनुपर्ने माग राख्दै ४३ दिनदेखि आन्दोलनरत चिया मजदूरले झापामा उद्यागीहरुको घर घेराउ गर्दै माग पूरा गर्न दवाब दिएका छन् ।


ADVERTISEMENT


आन्दोलनको दोस्रो चरणको कार्यक्रमअन्तर्गत आज मजदूरहरुले नेपाल चिया उत्पादक संघका केन्द्रीय अध्यक्ष एवम् चिया उद्योगी सुरेशकुमार मित्तलको भद्रपुरस्थित निवासमा धर्ना दिएका हुन् ।


ADVERTISEMENT

# # #


श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन २०७५ कार्यान्वयन गर्, चिया मजदूरको समस्या समाधान गर् भन्नेजस्ता नारा लगाउँदै मजदूरले दिनभरि नै उद्योगी मित्तलको घरमा धर्ना दिएका थिए ।

माग पूरा नहुञ्जेल आन्दोलन नरोकिने बताउँदै मजदूर नेता सन्तबहादुर राईले जेठ १ गते चिया विकास निगमका सञ्चालक सुवास सांघाईको निवास घेराउ गर्ने कार्यक्रम रहेको बताए ।