एजेन्सी – एकदिवसीय विश्वकप क्रिकेटको पूर्वतयारी स्वरुप आयोजना गरीएको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा वेष्ट इन्डिज पराजित भएको छ ।


ADVERTISEMENT


आयरल्याण्डमा जारी सिरिजको पाँचौं खेलमा वेस्ट इन्डिज बंगलादेशसँग ५ विकेटले पराजित भएको हो । द भिलेजमा २ सय ४८ रनको लक्ष्य पछ्याएको बंगलादेश ४७.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेटाउन सफल भएको हो ।


ADVERTISEMENT

# # #


बंगलादेशको जितमा मुस्ताफिजुर रहमान र सौम्य सरकारले अर्धशतकीय पारी खेले । रहमानले ६३ तथा सौम्यले ५४ रनको योगदान दिए । मोहमद मिथुनले ४३ रन बनाउँदा महमदुल्लाहले ३० रन, सकिब अल हसनले २९ तथा तमिम इक्वेलले २१ रन बनाए ।

वेस्ट इन्डिजका अश्ले नर्शले ३ विकेट लिएका थिए । यसअघि पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४७ रन बनाएको थियो । वेस्ट इन्डिजका शाइ होपले सर्वाधिक ८७ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । १ सय ८ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए । जासन होल्डरले ६२ रन बनाए ।

वेष्ट इन्डिजका खेलाडीलाई कम रनमा रोक्न बंगलादेश मुस्ताफिजुर रहमानले ४ र मश्राफे मोर्टजाले तीन विकेट लिएका थिए ।