काठमाडौं – नेपाल र क्याम्बोडियाबीच व्यापार र आर्थिक सहयोग सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओली र क्याम्बोडियाका उहाँका समकक्षी हुन सेनको समेत उपस्थितिमा सो समझदारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र कम्बोडियाका उद्योगमन्त्री सुय सेमले व्यापार तथा लगानी ढाँचासम्बन्धी सहमतिमा हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच पनि समझदारीपत्रमा हस्ताक्षर भयो । दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा पिस प्यालेसमा भएको समझदारीपत्रमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कम्बोडिया चेम्बरका उपाध्यक्ष लिम गङले हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री ओली र कम्बोडियाली प्रधानमन्त्रीबीच भेटवार्ता

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र उनका कम्बोेडियाली समकक्षी समबेदक अक्का मोह सेना पाडेइ टेको हुन सेनबीच राजधानी नोम पेन्हस्थित पिस प्यालेसमा भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई कम्बोडियाली प्रधानमन्त्री हुन सेनले पिस प्यालेसमा स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीको सम्मानमा कम्बोडियाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । सो अवसरमा प्रधानमन्त्रीद्वयले पहिले एक्लाएक्लै र पछि प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गरेका थिए ।

दुई देशबीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, सहयोग विस्तार गर्ने र पर्यटन प्रवर्द्धन गर्ने लगायत विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओली कम्बोडियाका समकक्षी हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको भ्रमणमा छन् । उनका साथ धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई, सांसद, उच्चपदस्थ सरकारी अधिकारीलगायत छन् ।