काठमाडौँ – जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत चितवनको भरतपुर आँखा अस्पताल आगन्तुक कुर्सी प्रदान गरेको छ । बैँकले मंगलबार २ लाख ६० हजार बराबर मल्यको २० थान थ्री सिटर कुर्सी हस्तान्तरण गरेको हो ।


ADVERTISEMENT


बैंकको भरतपुर क्षेत्रीय उपप्रमुख संजय शर्माले नेपाल नेत्र ज्योती संघ भरतपुरका अध्यक्ष कृष्णराज धरेललाई एक कार्यक्रमका बिच उक्त सामाग्री हस्तान्तरण गरेका छन् । भरतपुर आँखा अस्पताल नेपाल नेत्र ज्योती संघद्वारा संचालित गैर नाफामुलक अस्पताल हो । यस अस्पतालले चितवन लगाएत आसपासका जिल्लामा गुणस्तरीय आँखा उपचार सेवा संचालन गरिरहेको छ ।


ADVERTISEMENT

# # #


यसैगरी बैँकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत वीरेन्द्र विद्या मन्दिर क्याम्पस, टीकापुर, कैलालीको पुस्तकालयलाई रु. ७५ हजार बराबरको विभिन्न सन्दर्भ पुस्तकहरु उपलब्ध गराइएको छ । जनस्तरबाट संचालित उक्त क्याम्पसमा करिव ५०० विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।