काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा पंकज नेम्वाङ चुनिएका छन् । निर्वाचन भएको एक बर्षपछि पंकजले उक्त जिम्मेवारी पाएका छन् ।


ADVERTISEMENT


एन्फा कार्यसमितिको मंगलबार सम्पन्न बैठकले निर्वाचनमा सर्वाधिक मत ल्याएको आधारमा पंकजलाई वरिष्ठ उपाध्यक्षमा नियुक्त गरेको हो । एक बर्षअघि भएको एन्फाको चुनावी साधारण सभाबाट चार उपाध्यक्ष पदमा नेम्वाङ सहित बीरबहादुर खड्का, कृष्ण थापा र उपेन्द्रमान सिंह निर्वाचित भएका थिए । तर वरिष्ठ उपाध्यक्षको लागि चारै जनाले दावेदारी प्रस्तुल गर्दै आएका थिए ।


ADVERTISEMENT

# # #


वरिष्ठ उपाध्यक्ष पदका दावी गर्दै आएका बीरबहादुरले भने मंगलबारको बैठक बहिस्कार गरेका छन् । उनीसँगै सदस्य पूर्णमान चित्रकार र रत्नकुमार श्रेष्ठले पनि बैठक बहिस्कार गरेका थिए । एन्फा निर्वाचनमा उपाध्यक्ष पदमा पंकजले ६१ मत, उपेन्द्रमानले ५८ मत, कृष्ण थापाले ५२ मत र बीरबहादुरले ३९ मत ल्याएका थिए ।