३१ वैशाख, बुटवल । ठेकदारले पाउनुपर्ने भुक्तानी समयमै नपाउँदा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पिच गर्ने काम रोकिएको छ ।


ADVERTISEMENT


विमानस्थल निर्माणमा प्रयोग हुने रोलर, पेभर, स्काभेटर, डोजर लगायतका ठुला उपकरणमा दैनिक २० लाख रुपैयाँको करिब २० हजार लिटर डिजेल खपत हुन्छ ।


ADVERTISEMENT

# # #


चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनका प्रतिनिधि त्रिलोचन भट्टले उधारोमा डिजेल नपाएपछि काम रोक्नुपरेको बताए । उनका अनुसार डिजेल अभावमा धावनमार्ग पिचको काम गर्ने प्राविधिकसहित ७० कामदार तीन दिनदेखि खाली बसेका छन् ।

विमानस्थल निर्माणमा २५० श्रमिक कार्यरत छन् । ज्यालादारीमा काम गर्ने सबै श्रमिकको महिना पूरा भएकाले भुक्तानी गर्नुपर्ने समय आएको र आयोजनाबाट रकम नआए सबै काम रोकिने भट्टले बताए ।

विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारी पनि ठेकेदार कम्पनीले पेश गरेको दुईवटा बिलको करिब १० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको स्वीकार गर्छन् । बिल पेश भएपछि आयोजनाले ३ वैशााखमा ३७ प्रतिशत भुक्तानी गरेर त्यसैदिन बाँकी रकमको बिल मन्त्रालयमा पठाएको तर, भुक्तानी नआएको अधिकारीले बताए । बिल पेश भएको २८ दिनभित्र भुक्तानी दिनुपर्ने नियम छ ।

‘धावनमार्गको चौथो पत्र पिच गर्ने काम करिब २५ प्रतिशत मात्र बाँकी छ,’ अधिकारीले भने, ‘ठेकेदारलाई भुक्तानीका लागि फाईल अर्थ मन्त्रालयमा पुगिसकेकाले दुई(तीन दिन भित्रै निकासा भए काम सुचारु हुन्छ ।’

काम सक्नुपर्ने म्याद गुज्रिएर दुईपटक समय थप भएको यो राष्ट्रिय गौरवको आयोजनाको कामले पछिल्लो छ महिना गति लिएको थियो । कुल ६ अर्ब ८० करोड लागतको यो विमानस्थलमा एसियाली विकास बैंक ९एडीबी० को ४०।५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान छ । त्यस्तै साउदी अरबको साउदी फण्ड ९ओएफआईडी०को ३०।५ प्रतिशत ऋण र नेपाल सरकारको ११ प्रतिशत लागत साझेदारी छ ।

तीन वर्षमा सक्नेगरी सन् २०१४ नोभेम्बरमा ७८।३ मिलियन डलरको ठेका लिएको चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले नेपाली सहायक ठेकेदार कम्पनीसँगको विवादका कारण काममा ढिलाई गरेको थियो ।पछिल्लो दिनमा भने विमानस्थलको तीन हजार मिटर लम्बाई र ४५ मिटर चौडाईको धावनमार्ग पीच काम भइरहेको थियो ।

विमानस्थलको ५१ हजार ८०० मिटरको इन्टरनेसनल एप्रोन (विदेशी जहाज पार्किंङ स्थल० र आठहजार १९० मिटरको डोडेस्टिक एप्रोन निर्माण पुरा भइसकेको छ ।

मुख्य प्रशासनिक भवन, घांघराखोला डाइभर्सन, विद्युतीय सव स्टेशन, १६ सय मिटर नाली र पाँच दशमलव आठकिलोमिटर तारबारको काम पनि सकिएको छ ।

मुख्य टर्निमल भवन, कन्ट्रोल टावर, आन्तरिक यात्रु आवागमन टर्मिनल, अन्तर्राष्ट्रिय यात्रु कक्ष, कार्गो भवन, पानी ट्यांकी, लिंक ट्याक्सी वेको पीच र अग्नि नियन्त्रण कक्ष निर्माणको काम अन्तिम चरणमा छ । अन्तर्राष्ट्रियतर्फ चार र आन्तरिकतर्फ दुईवटा पार्किङ वे निर्माण भएको छ ।

हाल सञ्चालनमा रहेको धावनमार्गलाई पूर्व र पश्चिमतर्फ दुई(दुईसय मिटर बढाएर १९ सय मिटर लामो र २३ मिटर चौडा ट्याक्सी वे बनाइएको छ ।

आयोजना प्रमुख अधिकारीका अनुसार हालसम्म ७२ प्रतिशत भौतिक निर्माणको काम पूरा भएको छ । ‘सन् २०२० मा शुरु हुने नेपाल भ्रमण वर्षसम्ममा विमानस्थल सञ्चालन गर्ने लक्ष्य छ’, उनले भने, ‘अन्तराष्ट्रिय उडान शुरु भएपछिको एक वर्षमा चार लाख १३ हजारभन्दा यात्रुले यो विमानस्थल प्रयोग गर्नेछन् ।’