काठमाडौँ– प्रधानमन्त्री केपी ओली एक साता लामो विदेश भ्रमण सकेर आज स्वदेश फर्कदै छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओली बुधबार साँझ ७ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने प्रधानमन्त्रीका प्रेश सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रधानमनत्री ओलीसहितको टोली गत वैशाख २६ गते भियतनाम र कम्बोडिया भ्रमणमा निस्केको थियो ।

भ्रमणका क्रममा प्रम ओलीले भियतनाममा आफ्ना समकक्षीलगायत विभिन्न व्यक्तिहरुसँग भेटघाट गरेका थिए ।

भियतनामको भ्रमणपछि ओली कम्बोडिया पुगेका थिए । कम्बोडिया पनि ओलीले आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै द्विपक्षीय हितबारे छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले ति देशका व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेका थिए ।