काठमाडौँ – कामना सेवा विकास बैंकले ‘कामना सेवा रेमिट’ शुभारम्भ गरेको छ । बुधबारबाट सञ्चालनमा आएको उक्त सेवाको बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।


ADVERTISEMENT


विविध विशेषताहरु सहित आफना सम्पूर्ण शाखा तथा देशभरका करिब ७,५०० एजेन्टस् मार्फत यो सेवा प्रदान गर्न लागिएको हो । समय सापेक्ष ग्राहकहरुको आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै भविष्यमा पनि एजेन्टहरु थप गर्दै जाने बैंकको योजना रहेको छ । कामना सेवा रेमिटको प्रयोगबाट ग्राहकले सुरक्षित, भरपर्दो, सरल तथा सुलभ तवरले विप्रेषण सेवा लिन सक्ने बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


बैंकले देशका विभिन्न भागहरुमा ८४ वटा शाखा तथा ३९ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।