काठमाडौँ – ऐन महर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संयुक्त विद्यार्थी संगठनको संयोजक चुनिएका छन् । यस्तै संगठनको सह-संयोजक रञ्जित तामाङ तोकिएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेकपा सचिवालय बैठकले महरलाई संयोजकको जिम्मेवारी दिएको हो । उनी पूर्वएमाले निकट अनेरास्ववियुका महासचिव रहेका थिए । सह-संयोजक तामाङ भने पूर्वमाओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष थिए ।


ADVERTISEMENT

# # #


अब ऐन महरले नेकपाको विद्यार्थी संगठन हाँक्नेछन् ।