पर्सा – आफ्नै दाजुलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा एक पक्राउ परेका छन् । जिल्लाको जिराभवानीपुर गाउँपालिका–१ बलुवा बस्ने ३८ वर्षीय शेख सेरामुद्धिनलाई प्रहरीले ४८ दाजु वर्षीय शेष फारुकलाई गोली हानी हत्या गरेको आरोपमा बिहीबार राति पक्राउ गरेको हो ।


ADVERTISEMENT


उनले फारुकलाई घरायसी विवादको कारण कटुवा पेस्तोलले गोली प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबरपछि खटिएको प्रहरीले उनलाई पक्राउ गर्यो । प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरीको टोलीले शेख सेरामुद्धिनलाई कटुवा पेस्तोल १ थान, गोली ३ राउण्ड र खोका १ थान सहित फेला पारी पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


गोली प्रहारबाट गम्भीर घाइते भएका शेष फारुकलाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज हुँदै नेशनल मेडिकल कलेज वीरगंज लगिएको थियो । त्यहाँ पनि सम्भव नभएपछि उपचारको लागि शिक्षण अस्पतालमा महाराजगंज काठमाडौंतर्फ लैजाने क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।