मेक्सिको – मेक्सिकोमा बिहीबार एक जना पत्रकारको हत्या भएको छ । देशको दक्षिणपूर्वी राज्य क्विन्ताना अन्तर्गत पर्ने तटवर्ती सहर प्लाय डेल कारमेनमा पत्रकारको हत्या भएको हो ।


ADVERTISEMENT


हत्या हुनु अगाडी उनलाई धम्की आएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनाका अनुसन्धानकर्ताहरुले जारी गरेको वक्तव्यमा अनुसन्धान जारी रहेको उल्लेख छ ।


ADVERTISEMENT

# # #


पत्रकार फ्रान्सीस्को रोमेरो डिजको हत्या भएको प्रहरीले पुष्टि गरेको छ । उनको शव पनि ल्याइसकिएको प्रहरीको भनाई छ ।

अनुसन्धानकर्ताहरुले पत्ता लगाएको विवरण अनुसार उनलाई गत अप्रिल १२ तारिखका दिन धम्की आएको थियो । सो कुरा उहाँले आफ्ना सहकर्मीहरुलाई बताएका थिए।

स्थानीय समयानुसार उनको शव विहान ६ बजेतिर ‘ला गोट्टा’ नामक बारको बाहिर भेटिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अधिकारीहरुले घटनास्थलमा गोली हानेर उनको हत्या गरेको जस्तो रगत र चोटहरु देखिएको जानकारी दिएका छन् ।
अहिले हत्या गरिएका रोमेरो डिजसँगै सन् २०१९ को शुरुबाट अहिलेसम्ममा मेक्सिकोमा कम्तीमा पाँच पत्रकारको हत्या भईसकेको छ ।