काठमाडौँ – मिथिला चित्रकार रन्जु यादव राष्ट्रिय ललितकला पुरस्कार–२०७६ बाट सम्मानित भएकी छन् । बिहीबारदेखि सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ को उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले चित्रकार यादवलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT


नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने लोककला विधाअन्तर्गतको राष्ट्रिय ललितकला पुरस्कार चित्रकार यादवलाई दिइएको हो ।


ADVERTISEMENT

# # #


राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ मा सहभागी ‘छोरी बचाउ, छोरी पठाउ’ शिर्षकको यादवको मिथिला चित्र उत्कृष्ट भएर उनलाई ६० हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको छ ।

सप्तरीको राजविराज –१०, दिघवा निवासी यादव हाल काठमाडौंमा व्यवसायिक चित्रकला क्षेत्रमा विगत ६ वर्षभन्दा बढी समयदेखि साधनारत छिन् । यादवको गत चैत्र महिनामा काठमाडौंमा एकल चित्रकला प्रदर्शनी सम्पन्न भएको थियो ।

लोककला विधा अन्तर्गतकै विशेष पुरस्कार सिरहाका हरेराम यादव र कैलालीका मिठ्ठु थारु गरी दुई जनालाई प्रदान गरिएको छ । यस्तै, यस विधाअन्तर्गतकै प्रदेश विशेष पुरस्कार धनुषाकी रेमनी मण्डललाई प्रदान गरियो । विशेष पुरस्कार र प्रदेश पुरस्कारको राशि जनही २५ हजार रहेको छ ।