एजेन्सी – केलियन एमबाप्पे चम्किएपछि पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च लिग वानमा डिजोनमाथि सहज जित निकालेको छ । शनिबार राती घरेलु मैदानमा एमबाप्पेले २ गोल गरेपछि पीएसजीले डिजोनमाथि ४–० को सहज जित निकालेको हो ।


ADVERTISEMENT


एमबाप्पेसँगै एन्जल डि मारिया र इडिन्सन काभानीले गोल गरे । खेल सुरु भएको ३ मिनेटमा नै एन्जल डि मारियाले टोलीलाई अग्रता दिलाएका थिए । १ मिनेट बित्न नपाउँदै इन्डिसन काभानीले पीएसजीको अग्रता २–० मा पुर्याए ।


ADVERTISEMENT

# # #


त्यसपछि तेस्रो गोलका लागि ३६ औं मिनेट कुर्नुपरेको खेलमा एमबाप्पे नायक बने । तीन खेलको प्रतिबन्धपछि फर्किएका एमबाप्पेले ३६ औं मिनेटमा पीएसजीका लागि तेस्रो तथा व्यक्तिगत पहिलो गोल गरे । पहिलो हाफमा ३–० को अवस्थामा रहेको पीएसजीका लागि दोस्रो हाफमा पनि एमबाप्पेले गोल गरे । ५६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै युवा स्टार एमबाप्पेले टोलीको जित ४–० ले सुनिश्चित गरे ।

डिजोनविरुद्धको २ गोलसँगै एमबाप्पेको फ्रेन्च गि वानमा गोलसंख्या ३२ पुगेको छ । उनी ३२ गोलसँगै सर्वाधिक गोल गर्ने खेलाडीको शिर्ष स्थानमा छन् । २२ गोलसहित निकोलस दोस्रो स्थानमा छन् । च्याम्पियन बनिसकेको पीएसजीले अब एक खेलमात्र खेल्न बाँकी छ । पीएसजीको अबको प्रतिस्पर्धी रेइम्स छ