काठमाडौँ – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । यही जेठ १० गतेबाट सुरु हुने प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी स्थित मैदानमा हुनेछन् ।


ADVERTISEMENT


आइतबार सार्वजनिक तालिका अनुसार पहिलो दिन त्रिवि मैदानमा प्रदेश नं २ र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । यस्तै मुलपानी मैदानमा मेपाल पुलिस क्लब र प्रदेश नं १बीच प्रतिस्पर्धा हुँदैछ । दशकौँदेखि निर्माण हुन नसकेको मुलपानी मैदानमा पहिलो पटक खेल हुँदैछ ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा सहभागिता जनाउने १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । जसअनुसार समूह ‘ए’मा प्रदेश नं ३, प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल रहेका छन् ।

यस्तै समूह ‘बी’मा प्रदेश नं १, प्रदेश नं. २, कर्णाली प्रदेश, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिक क्लब रहेका छन् । १६ दिनसम्म चल्ने प्रतियोगिताको फाइनल जेठ २५ गते हुनेछ । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन्। गत वर्ष आर्मीलाई हराउँदै सशस्त्रले उपाधी जितेको थियो ।

यस्तो छ खेल तालिका

जेठ १० गते
–नेपाल पुलिस क्लबविरुद्ध प्रदेश नं. १ (मुलपानी)
– त्रिभुवन आर्मी क्लबविरुद्ध प्रदेश नं. २ (त्रिवि)

जेठ ११ गते
– प्रदेश नं. १ विरुद्ध प्रदेश नं. २ (मुलपानी)
– सशस्त्र प्रहरी बलविरुद्ध प्रदेश नं. ३ (त्रिवि)

जेठ १२ गते
– गण्डकी प्रदेशविरुद्ध प्रदेश नं. ३ (त्रिवि)
– त्रिभुवन आर्मी क्लबविरुद्ध कर्णाली प्रदेश (मुलपानी)

जेठ १३ गते
– सुदुरपश्चिम प्रदेशविरुद्ध गण्डकी प्रदेश (मुलपानी)
– त्रिभुवन आर्मी क्लबविरुद्ध प्रदेश नं. १ (त्रिवि)

जेठ १४ गते
– नेपाल पुलिस क्लबविरुद्ध कर्णाली प्रदेश (मुलपानी)
– सुदुरपश्चिम प्रदेशविरुद्ध प्रदेश नं. ५ (त्रिवि)

जेठ १५ गते
– नेपाल पुलिस क्लबविरुद्ध प्रदेश नं. २ (त्रिवि)

जेठ १६ गते
– सशस्त्र प्रहरी बलविरुद्ध प्रदेश नं. ५ (मुलपानी)
– कर्णाली प्रदेशविरुद्ध प्रदेश नं. १ (त्रिवि)

जेठ १७ गते
– सशस्त्र प्रहरी बलविरुद्ध गण्डकी प्रदेश (मुलपानी)
– कर्णाली प्रदेशविरुद्ध प्रदेश नं. २ (त्रिवि)

जेठ १८ गते
– सुदुरपश्चिम प्रदेशविरुद्ध प्रदेश नं. ३ (मुलपानी)
– त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लब (त्रिवि)

जेठ १९ गते
– गण्डकी प्रदेशविरुद्ध प्रदेश नं. ५ (मुलपानी)
– सशस्त्र प्रहरी बलविरुद्ध सुदुरपश्चिम प्रदेश (त्रिवि)

जेठ २० गते
– प्रदेश नं. ३ नविरुद्ध प्रदेश नं. ५ (त्रिवि)

जेठ २१ गते : रेस्ट

जेठ २२ गते
– समूह ‘ए’ विजेताविरुद्ध समूह ‘बि’ उपविजेता (त्रिवि)

जेठ २३ गते
– समूह ‘ए’ उपविजेता र समूह ‘बि’ विजेता (त्रिवि)

जेठ २४ गते : रेस्ट

जेठ २५ गते
– फाइनल – दुई सेमिफाइनल विजेता (त्रिवि)