काठमाडौँ । आफ्नो संस्थाको लोगो दुरुपयोग गरी पुस्तक प्रकाशन गरेको भन्दै राजधानीको भाइब्रेण्टले क्षतीपूर्ती माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । भाइब्रेण्टले नेम नामको संस्थाका शिक्षकहरु मनोज सिंह, कमल नेपाल, गजेन्द्र सिंह, राजेश साह, कृष्णकुमार गुप्ता, महेन्द्र यादव, विदुर भट्टराई बिरुद्ध तीन करोड क्षतिपूर्ति माग गर्दै मुद्धा दायर गरेको हो । मनोज सिँह भारतीय नागरिक रहेको समेत बताईएको छ । कुनै विदेशी नागरिकले विना अनुमति पुस्तक लेख्नु गैरकानूनी रहेको समेत उल्लेख गरिएको छ ।


ADVERTISEMENT


प्रतिलिपी चोरीमा उनीहरु दोषी ठहरिए तीन वर्षदेखि सात वर्षसम्म कैद र विगो जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ ।


ADVERTISEMENT

# # #


नेमका शिक्षकहरुले प्रियान्शु पब्लिकेशन नामको पब्लिकेशनबाट पाँच वर्षदेखि भाइब्रेण्टको नाम र लोगो दुरुपयोग गरेको भेटिएको हो । सो पब्लिकेशन समेत कहीँ दर्ता नभएको समेत खुलासा भएको छ ।

भाइब्रेण्टको नाम र लोगो दुरुपयोग गरेर ९ किसिमका किताबहरु अनुमति बिना नै हजारौंको संख्यामा बिक्री वितरण गरिरहेका भन्दै भाईब्रेन्टले प्रहरीमा समेत किर्ते र ठगीको उजुरी दिएको छ ।

आइबेरिस अमारा अलबिजिया नामक किर्ते फेसबुक आईडी बनाएर किर्ते गर्ने र भ्रामक प्रचार गर्ने काममा संलग्न रहेको समेत भेटिएको छ ।

सोही आइडीबाट मेडिकल इण्ट्रान्स तयारी गराउने प्रतिष्ठित शिक्षण संस्था भाइब्रेण्ट बिक्री भएको भन्ने भ्रमपूर्ण सूचना दिने गरेको र त्यसले इण्ट्रान्स पढाईका समयमा बिधार्थीहरुमा भ्रम छरेर आँफूहरुलाई दुख दिने काम गरिरहेको भाईब्रेण्टले जनाएको छ ।