विराटनगर– लामो समयदेखि विरामी परेका नृत्य निर्देशक तथा संस्कृतिकमी कामेश्वर झा को उपचारमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक समिति गठन भएको छ ।


ADVERTISEMENT


लोक चन्द्र श्रेष्ठको संयोजत्वमा आर्थिक समिति गठन भएको हो । समितिको अन्य राजेन्द्र भगत, विमल नेपाल, भुवन श्रेष्ठ, सागर साह, सन्तोष गौतम, राजु सेमा, हिना झा, लगायत रहेका छन् भने सल्लाकारमा केशब रायमाझी छन्।


ADVERTISEMENT

# # #


संगठित समितिले आर्थिक संकलन गरी कलाकार झाको उपचारमा खर्च गर्ने आर्थिक समितिको सल्लाकार केशव रायमाझीले जानकारी दिए । उनका अनुसार गठन भएलगतै ४५ हजार संकलन भएको बताए ।

झा प्यारालाइसेस भएपछि घरमै थला परेका छन् । आर्थिक अभावको कारण उपचार हुन नसकेपछि मोरङ, झापा र सुनसरीका कलाकारहरु संगठित भएर झाको उपचारको लागि अभियानमा लागि परेका छन् ।

झाबाट प्रशिक्षण लिएका मध्धे केहि कलाकारहरु चर्चित छन् । जसमा चर्चित गायक उदित नारायण झा, निर्देशक तथा अभिनेत्री दिपा श्री निरौला, शिव श्रेष्ठ, निर्देसक केशव रायमाझी, राजेन्द्र भगत,सागर साहा,सुबलमणि साप्कोटा,सन्तु गौतम , हुन् ।