पाल्पा– अर्घाखाँचीको कुडापानीमा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रैनादेवी छहरा गाउँपालिका–४ धजाबान्नेका ३८ वर्षीय ताराबहादुर खत्री रहेका छन् ।


ADVERTISEMENT


अर्घाखाँची जिल्लाको पाणिनीदेखि देउराली आउने क्रममा लु१ज १७९५ नंको जिप दुर्घटना भएको थियो ।


ADVERTISEMENT

# # #


घाइते चालक ताराबहादुर खत्रीलाई युनाइटेड मिसन अस्पताल, तानसेन ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस