काठमाडौँ– सिंगापुरमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोटअन्तर्गत एसिया क्षेत्रको छनोटको तेस्रो खेलमा नेपाल अफगानस्तानसंग १४१ रनले पराजित भएको छ । पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा १९१ रनको लक्ष्य पच्छ्याएको नेपाल २६ ओभरमै ४९ रनका साथ अलआउट भयो ।


ADVERTISEMENT


नेपालका लागि ओपनर जोडीका रुपमा आएका आसिफ सेख र सन्दीप सुनारले पनि जोडी जमाउन सकेनन् । १७ बलको सामना गरेका सुनार २ रनमा आउन भए भने २३ बलमो सामना गरेका सेख ६ रनमै आउट भए । यस्तै अदिल खान र दिपेन्द्र सिंह ऐरी ४ ४ रनमा आउट हुन पुगे । प्रनित थापामगर आरके पौडेल र कप्तान सन्दीप लामिछाने शुन्य रनमा आउट भए । किशोर महतो २ रन बनाएर नटआउट रहे  । टिमलाई सम्हाल्न खोजेका पी सराफ ५२ बल खेली २६ रनमा कट एण्ड बोल्ड भए ।


ADVERTISEMENT

# # #


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९ ओभर ४ बलमा अलआउट हुँदै १९० रन बनाएको थियो ।

नवौं ओभरमा नेपालका लागि घातक सावित बन्यो । नेपाललाई सस्तैमा समेट्ने क्रममा अफगानस्तानका क्याप्टेन नवीन उल हकले ह्याट्रिक गरे । उनले नेपालका भरपर्दा ब्याट्स् म्यान दिपेन्द्र सिंह ऐरीलाई ८.४ ओभरमा क्याच आउट गराएर पेवेलियनको बाटो देखाए । त्यस्तै ८.५ ओभरमा प्रणित थापामगरलाई बोल्ड गर्दै आउट गरे भने ८.६ ओभरमा अनिल शाहलाई एलबीडब्लुको धरापमा पारे ।

यता नेपालका लागि बलिङतर्फ साहिब आलमले ३, पवन सरार्फले र सन्दिप लामिछानेले २/२ तथा, किशोर महतो र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए। अफगानिस्तानका लागि नाबिद ओविद र इब्राहिम जार्दनको जोडीले ७५ रनको साझेदारी बनाउनु बाहेक अरूले खुलेर खेल्न सकेनन् ।

नेपालले यसअघि पहिलो खेलमा घरेलु टोली सिंगापुरलाई ७३ र दोस्रो खेलमा मलेसियालाई ५८ रनमा समेटेको थियो । नेपालले दुवै खेलमा जित हात पारेको थियो ।

अफगानिस्तानसँगको पराजयसँगै नेपाल न्युजिल्याण्डमा हुने विश्वकपमा छनौट हुने सम्भावना कमजोर बनेको छ । दुई चरणमा हुने छनौटको पहिलो चरणका खेलहरु सकिँदा अपराजित अफगानिस्तान ६ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ ।

विश्वकपमा छनोट हुनका लागि नेपालले बाँकी तीनै खेल जितेर मात्र पुग्दैन, अफगानिस्तानको नतिजामा पनि निर्भर हुनुपर्छ । समूहको शीर्ष टोलीले विश्वकपमा स्थान बनाउँछ ।