काठमाडौँ – नेपाली स्ट्राइकर सावित्रा भण्डारीको निर्णायक गोलसँगै उनले खेल्ने तमिलनाडुको टोली सेथु एफसीले भारतमा आयोजित भारतीय महिला फुटबल लिग, इन्डियन विमिन्स लिग, आईडब्लूएलको उपाधि जितेको छ।


ADVERTISEMENT


भारतको पञ्जाबस्थित गुरु नानक रंगशालामा भएको फाइनलमा सेथु स्पोर्ट्सले मणिपुर पुलिस स्पोर्ट्स क्लब विरुद्ध १ गोलले पछि परेको अवस्थामा ३ गोल फर्काउँदै उपाधि आफ्नो पक्षमा पारेको हो।


ADVERTISEMENT

# # #


प्रतिद्वन्द्वी मणिपुर पुलिसविरुद्धको लिगको पहिलो खेलमा मैदान छिरेको २८ सेकेन्डमा नै गोल गरेर प्रतियोगिताको शुरुआत गरेकी स्ट्राइकर सावित्राले सोही क्बल विरुद्धको फाइनलमा उपाधि जिताउने २ गोल गरेर भारतीय लिगको व्यावसायिक खेल यात्रा टुंग्याएकी छिन्।

खेल १(१ को बराबरीमा चलिरहेको बेला सावित्राले खेलको ६१ औं मिनेटमा टोलीलाई अग्रता दिलाएकी थिइन् भने ७० औं मिनेटमा अर्को गोल थप्दै उपाधि पक्का गरेकी थिइन्।

स्ट्राइकर भण्डारी सहित नेपाली मिडफिल्डर अनिता बस्नेतले भारतीय लिगमा पहिलो पटक यो सिजनमा प्रवेश गरेका हुन्।