एजेन्सी – बिहारमा निकै चर्चामा रहेका सिपीआईका उम्मेदवार कन्हैया कुमार बिजेपी उम्मेदवार गिरिराजसिंहसँग पराजित भएका छन् ।


ADVERTISEMENT


इन्डियन एक्सप्रेसका अनुसार कन्हैया करिब ३ लाख ७० हजार मतान्तरले पराजित भएका छन् । त्यस्तै, बिहारका बिजेपी अध्यक्ष नित्यानन्द राइले आरएलएसपीका अध्यक्ष उपेन्द्र कुशुवाहलाई उजियारपुरमा पराजित गरेका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै, विजेपीका छेदी पसवानले कँग्रेसका उम्मेदवार तथा पूर्व लोकसभाका सभामुख मिरा कुमारलाई ससारममा पराजित गरेका छन् ।

उता, जनता दल युनाइटेडले सीतामरीको सिट जितेको छ भने एलजेपीका चिराग पासवानले पुनः जामुईमा जीत हासिल गरेका छन् ।

पूर्ण नजिता हालसम्म सार्वजनिक गरिएको छैन ।

– जितसंगै मोदीले ट्वीटरमा आफ्नो नामअघिको ‘चौकिदार’ शब्द हटाए

– प्रधानमन्त्री ओलीद्वारा मोदीलाई टेलिफोनमार्फत बधाई

– हार स्वीकार्दै राहुल गान्धीले दिए मोदीलाई बधाई