एजेन्सी – भारतीय जनता पार्टीका नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन् । उनले मोदीसँग काम गर्ने प्रस्ताव पनि गरेका छन् ।


ADVERTISEMENT


टुवीट गर्दै इमरानले भनेका छन्, ‘भारतीय जनता पार्टी र गठबन्धनको जितसंगै प्रधानमन्त्री मोदीलाई बधाइ दिन चाहन्छु । दक्षिण एशियाको शान्ति, समृद्धि र उन्नतीका लागि संगै काम गर्ने अपेक्षा गरेको छु ।’


ADVERTISEMENT

# # #


प्रधानमन्त्री इमरान खानले बधाई दिएपनि त्यहाँका जनताले नरेन्द्र मोदी प्रधानमन्त्री बनोस् भनि चाहेको थिएनन् ।

भारतद्धारा गरिएको सर्जिकल स्ट्राइकका कारण त्यहाँ जनता त्रसित रहेका छन् । त्यसकारणले नरेन्द्र मोदी प्रधानमन्त्री नबनोस् चाहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

पाकिस्तान लाहौरका शाही आलमले त्यहाँका टीभी च्यानलमा भनेका छन्, मोदी सत्तामा पुनः आउनु हुँदैन किनभने उहाँले पाकिस्तानमा सर्जिकल स्ट्राइक गराउनुभएको छ ।’

सम्बन्धित समाचार :

– भारतमा फेरि पनि मोदी नै प्रधानमन्त्री, भाजपा एक्लैको बहुमत !

– जितसंगै मोदीले ट्वीटरमा आफ्नो नामअघिको ‘चौकिदार’ शब्द हटाए

– प्रधानमन्त्री ओलीद्वारा मोदीलाई टेलिफोनमार्फत बधाई

– हार स्वीकार्दै राहुल गान्धीले दिए मोदीलाई बधाई