काठमाडौँ – कामना सेवा विकास बैंकले भरतपुर महानगरपालिका स्थित भरतपुर सेन्ट्रल हस्पिटल र नेशनल सिटी हस्पिटलसँग औषधी तथा उपचारमा विशेष छुट पाउने गरि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।


ADVERTISEMENT


सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले उपरोक्त संस्थाहरुबाट उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवास भट्टराई र भरतपुर सेन्ट्रल हस्पिटलको तर्फबाट कार्यकारी निर्देशक शोभाखर घिमिरे र नेशनल सिटी हस्पिटलका तर्फबाट हस्पिटल प्रबन्धक विक्रम अधिकारीले हस्ताक्षर गरेका थिए ।

बैंकले देशका विभिन्न भागहरुमा ८४ वटा शाखा तथा ३९ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।