काठमाडौँ – प्रभु बैंकले कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


शुक्रबारबाट सञ्चालनमा आएको उक्त शाखाको शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले उद्घाटन गरेका छन् ।


ADVERTISEMENT

# # #


उद्घाटनपछि बोल्दै मेयर अधिकारीले प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै चन्द्रौटा शाखा कार्यालयबाट सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारण बैँकको सेवाबाट लाभान्वित हुने बताए ।